बढी सन्तान जन्माउनेलाई प्रोत्साहन भत्ता !

इलाम—सदरमुकाम इलाम नगरपालिकाले जनसंख्या वृद्धि गर्न ल्याएको योजना विवादास्पद बनेको छ\नगरपालिकाले ‘जति बढी बच्चा जन्मायो उति नै प्रोत्साहन रकम पाउने’ निर्णय गरेको छ\आगामी २० वर्षभित्र इलाम नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गर्ने उद्देश्यसहित जनसंख्या वृद्धि गर्न यस्तो योजना बनाइएको नगरपालिकाको भनाइ छ\नगरपालिकाको जनसंख्या हाल ४८ हजार ५ सय ३६ छ यसअघि साबिकको नगरपालिका क्षेत्रमा सन् २०११ मा १८ हजार ६ सय ३३ र २०१५ मा १९ हजार ७ सय १२ जनसंख्या थियो\ नयाँ राज्य पुन:संरचना अनुसार नगरपालिकाको भूगोल वृद्धि भएको छ
‘हाम्रा प्लानरहरूले जनसंख्याको सन्दर्भमा सोच्नु जरुरी छ,’ नगरप्रमुख महेश बस्नेतले भने, ‘हाम्रो जनसंख्यालाई सन्तुलित गर्ने हो भने पुनर्मूल्यांकन गर्नुपर्छ’ नेपालका योजनाकारले जनसंख्याको विषयमा सूक्ष्म ढंगले हेरून् र अध्ययन गरून् भनेर यसलाई अघि सारेको उनको भनाइ छ\
स्थानीय तहपछि सेवा सुविधा विकेन्द्रित गरिँदा सदरमुकामको चाम घटदो छ\आवश्यकताभन्दा धेरै जनसंख्या घटेकाले पनि यो निर्णय सही भएको नगरपालिकाको भनाइ छ\राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा जनसंख्या नियन्त्रणका लागि विभिन्न उपाय गरिरहँदा आएको यस्तो निर्णयले चर्चा पाएको छ\
यसअघि इलाम नगरपालिकाले सुत्केरीलाई दिँदै आएको पोषण सुविधालाई परिमार्जन गर्दै बच्चा जन्माउन प्रोत्साहन गरेको हो\इलाम नगरपालिकाको कार्यपालिकाको बैठकले नगरभित्रका दोस्रो पटक बच्चा जन्माउने सुत्केरीलाई २ हजार, तेस्रो बच्चा जन्माउने सुत्केरीलाई ३ हजार, चौथो पटक बच्चा जन्माउने सुत्केरीलाई ४ हजार र पाँचौं पटक र त्यसभन्दा माथि बच्चा जन्माउने सुत्केरीलाई ५ हजार रुपैयाँ पोषण सुविधा दिने निर्णय गरेको छ

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host