३ महिने सुई र महिला स्वास्थ्य

परिवार नियोजनका लागि प्रयोग गरिने तीनमहिने सुई (संगिनी, डिपो) मा एक किसिमको हार्मोन प्रयोग गरिएको हुन्छ । नेपालमा प्रयोग गरिने अस्थायी साधनहरूमध्ये सबैभन्दा बढी दम्पतीले रुचाएको तीनमहिने सुईले महिलाहरूमा अण्डा उत्पादन हुन दिँदैन र त्यसैले गर्भ नरहने हुन्छ ।

यो एउटा अत्यन्त प्रभावकारी साधन पनि हो, तर यो सुई प्रयोग गर्ने महिलाहरूमा सुई छाडेको ३ देखि १० महिनासम्म महिनावारी नहुन सक्छ । यस्तो अवस्थामा सामान्यत: गर्भ रहँदैन, तर कसै–कसैमा महिनावारी सुरु नभै पनि गर्भ रहन सक्छ । त्यसैले तपाईंको गर्भ रहेको साँचो हुन सक्छ । गर्भ रहँदैमा आत्तिनु पर्दैन ।

नेपालमा गर्भपतन गर्न पाउने कानुनी अधिकार भएकाले १२ हप्तासम्मको गर्भ आफूलाई पायक पर्ने स्वास्थ्य संस्था वा अस्पतालमा सुचिकृत चिकित्सक वा स्वास्थ्यकर्मीसंग परामर्श गरेर गर्भपतन गराउन सकिन्छ । तपार्इंको उमेर ३२ वर्ष मात्र भएकाले गर्भपतनपछि फेरि गर्भ रहन सक्ने हुन्छ, त्यसैले परिवार नियोजनका साधन प्रयोग गर्नु आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host