बर्दिबासमा मतगणना सुरु, कसले मार्लान् बाजी ?


विशाल बस्नेत/ महोत्तरी, ३१ वैशाख :

महोत्तरीकाे बर्दिबास नगरपालिकामा मतगणना सुरु भएकाे छ ।

सर्वदलीय बैठककाे निर्णय अनुसार रातिबाट मतगणना सुरु भएकाे हाे ।

बर्दिबास नगरपालिकामा अहिलेसम्म ३ सय मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् । उनले ११९ मत पाउँदा एमाले उम्मेदवारले ६९, माओवादी केन्द्रका उम्मेदवारले ३० मत पाएका छन् । वडा नम्बर ८ बाट मतगणना सुरु भएकाे हाे ।तर अन्य पालिकामा भने मतगणना सुरु भइसकेकाे छैन ।

गौशाला नगरपालिकामा बिहान ८ बजेबाट र अन्य पालिकामा बिहान ९ बजेबाट मतगणना हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com