बुटवलमा ३०० मत गन्दा कांग्रेसकाे अग्रता : पछ्याउदै राप्रपा, माओवादीको कस्तो छ अवस्था ?


बुटवल, ३१ वैशाख :

बुटवल उपमहानगरपालिकामा अहिलेसम्म ३०० मत गणना भएको छ ।

पछिल्लो विवरण अनुसार मेयरमा कांग्रेसका खेलराज पाण्डेले सुरुवाती अग्रता लिएका छन् । उनले १३० मत ल्याएका छन् ।

परिणाम अनुसार बुटवलमा राष्ट्रिय प्रजातन्त्र पार्टी दोस्रो स्थानमा छ । राप्रपाका मृगेन्द्रकुमार शेरचनले ६६ मत ल्याएका छन् । तेस्रो स्थानमा एमाले छ ।

एमालेका बाबुराम भट्टराईले ४५ मत पाएका छन् । बुटवलको वडा नम्बर १ बाट मतगणना सुरु भएको हो । बुटवलमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com