एकीकृत समाजवादीले खाता खोल्यो, एमालेलाई हराउँदै प्यानलै विजयी


बझाङ, बैशाख ३१ ।

सुदूरपश्चिम प्रदेशबाट नेकपा (एकीकृत समाजवादी)ले विजयी सुरुवात गरेको छ। बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा समाजवादी प्यानलसहित वडामा विजयी भएको हो।

एमालेलाई हराउँदै समाजवादीबाट अध्यक्षका उम्मेदवार देवीभक्त जोशी प्यानल विजयी हो। उनले ४ सय ४० मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेश खत्रीले २ सय ३८ मत मात्रै प्राप्त गरेका छन्।

यस्तै इलामको सूर्योदय नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । एकीकृत समाजवादीका उम्मेदवार रनबहादुर राईले प्रारम्भिक नतिजामा अग्रता लिएका हुन् ।

राईले १५८ मत पाएका छन् । राईलाई गठबन्धनका दलहरुले समर्थन जनाएका छन् । एमालेका उम्मेदवार काजीमान कागतेले भने १५२ मत ल्याएका छन् ।

उपमेयरमा एमालेले अग्रता लिएको छ । एमालेकी दुर्गादेवी भट्टराईले १५३ मत पाएकी छन् भने नेपाली कांग्रेसका दुर्गाकुमार बरालले १४२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com