ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले गरे कमाल, सबैलाई पछि पार्दै गरे लिड


ललितपुर ३१ वैशाख । ललितपुर महानगरपालिकाको सरुवाती मतगणनामा सत्तागठवन्धनले अग्रता लिएको छ ।

गठवन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन् ।

५० मत गन्दा मर्हनजले २८ मत पाएका छन् । एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १० मत पाएका छन् । मतगणना अहिले जारी रहेको छ ।

यो पनि : हुम्लाको ताजाँकोटमा माओवादीको अग्रता : ताजाँकोट गाउँपालिका नेकपा (माओवादी केन्द्र)ले अध्यक्षमा ६०५ मतकासाथ अग्रता लिएका छन् ।

३६१ मतले माओवादीका लालकेश जैशी अग्रस्थानमा रहनु भएको छ भने उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले)का अजमल बुढाले २४४ मत प्राप्त गर्नुभएको छ ।

वडा नं १ र ५ को ९३७ मतगणना गर्दा माओवादी केन्द्रका जैशीले अग्रता कायम गर्नुभएको हो । उपाध्यक्ष कांग्रेसका सुरेन्द्र थापाले ४७४ मत प्राप्त गर्नुभएको छ, भने एमालेका रुपचन्द्रा ऐडीले १६३ मत ल्याउनु भएको छ ।

गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का सम्पती शाहीले ३८ मत ल्याउनु भएको छ भने उपाध्यक्षमै कांग्रेसका स्वतन्त्र उम्मेदवार तिलकबहादुर शाहीले १५५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com