हुम्लाको ताजाँकोटमा माओवादीले लियो ६०५ मतकासाथ अग्रता, एमालेको अवस्था एकदम कमजोर


हुम्ला ।

ताजाँकोट गाउँपालिका नेकपा ९माओवादी केन्द्र०ले अध्यक्षमा ६०५ मतकासाथ अग्रता लिएका छन् । ३६१ मतले माओवादीका लालकेश जैशी अग्रस्थानमा रहनु भएको छ भने उहाँको प्रतिद्वन्द्वी नेकपा ९एमाले०का अजमल बुढाले २४४ मत प्राप्त गर्नुभएको छ ।

वडा नं १ र ५ को ९३७ मतगणना गर्दा माओवादी केन्द्रका जैशीले अग्रता कायम गर्नुभएको हो । उपाध्यक्ष कांग्रेसका सुरेन्द्र थापाले ४७४ मत प्राप्त गर्नुभएको छ, भने एमालेका रुपचन्द्रा ऐडीले १६३ मत ल्याउनु भएको छ । गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का सम्पती शाहीले ३८ मत ल्याउनु भएको छ भने उपाध्यक्षमै कांग्रेसका स्वतन्त्र उम्मेदवार तिलकबहादुर शाहीले १५५ मत प्राप्त गर्नुभएको छ ।

यो पनि : काठमाडौँ महानगरमा मतगणनामा ढिलाइ भएपछि आयोगले अपनायो यस्तो रणनिती : महानगरपालिकाको मतगणनामा ढिलाइ हुने सङ्केत देखिएको छ । आज बिहान १० बजेदेखि मतगणना सुरु भए पनि १२ बजेसम्म करिब १०० मत मात्र गणना भएको छ ।सुरुआतमा दुई स्थानबाट मात्र गणना थालिएको छ । दलका प्रतिनिधिको सङ्ख्या बढाएर अन्य स्थानबाट एकसाथ गणना थाल्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका अधिकृत प्रेमकुमार श्रेष्ठले विवाद आउन नदिने गरी सानो सङ्ख्यामा परीक्षणका रुपमा मतगणना थालिएको बताउनुभयो । कार्यालयले छ÷सात स्थानबाट एकसाथ गणना गर्ने तयारी गरेको छ ।

वडा नं १ बाट माथि र वडा नं ३२ बाट तल गन्दै ल्याउने गरी सुरुआत गरिएको छ । यसरी हाल वडा नं १ र ३२ को मतगणना जारी छ । प्रारम्भिक विवरणअनुसार हालसम्म काठमाडौँ महानगरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सामान्य अग्रता लिनुभएको छ ।

साहले २२ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका सिर्जना सिंहले १८ र नेकपा ९एमाले०का केशव स्थापितले १३ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौँ महानगरको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारको सङ्ख्या बढी हुँदा गणनामा पनि ढिलाइ भइरहेको देखिएको छ । वडा नं १८, २२, २३ र २७ बाट दलित महिला सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com