भरतपुरमा देखियो रोचक भिडन्त, बिजयले दिए प्रचण्ड पुत्री रेणुलाई टक्कर


भरतपुर :

भरतपुर महानगरको प्रारम्भिक मत परिणाममा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी झिनो मतले अगाडि देखिएका छन्।

मेयरमा सुवेदीले २६ मत पाएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी रेनु दाहालले २५ मत पाँउदै पछ्याएकी छन् ।

त्यस्तै काँग्रेसबाट विद्रोह गरेर बागी उम्मेदवार दिएका जगन्नाथ पौडेलले जम्मा ७ मत ल्याएका छन् भने ६ मत बदर भएको छ।अघिल्लो पटक रेनुले जितेको भरतपुरमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यो पनि : हुम्लाको ताजाँकोटमा माओवादीले लियो ६०५ मतकासाथ अग्रता, एमालेको अवस्था एकदम कमजोर : ताजाँकोट गाउँपालिका नेकपा ९माओवादी केन्द्र०ले अध्यक्षमा ६०५ मतकासाथ अग्रता लिएका छन् । ३६१ मतले माओवादीका लालकेश जैशी अग्रस्थानमा रहनु भएको छ भने उहाँको प्रतिद्वन्द्वी नेकपा ९एमाले०का अजमल बुढाले २४४ मत प्राप्त गर्नुभएको छ ।

वडा नं १ र ५ को ९३७ मतगणना गर्दा माओवादी केन्द्रका जैशीले अग्रता कायम गर्नुभएको हो । उपाध्यक्ष कांग्रेसका सुरेन्द्र थापाले ४७४ मत प्राप्त गर्नुभएको छ, भने एमालेका रुपचन्द्रा ऐडीले १६३ मत ल्याउनु भएको छ । गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का सम्पती शाहीले ३८ मत ल्याउनु भएको छ भने उपाध्यक्षमै कांग्रेसका स्वतन्त्र उम्मेदवार तिलकबहादुर शाहीले १५५ मत प्राप्त गर्नुभएको छ ।

यो पनि : काठमाडौँ महानगरमा मतगणनामा ढिलाइ भएपछि आयोगले अपनायो यस्तो रणनिती : महानगरपालिकाको मतगणनामा ढिलाइ हुने सङ्केत देखिएको छ । आज बिहान १० बजेदेखि मतगणना सुरु भए पनि १२ बजेसम्म करिब १०० मत मात्र गणना भएको छ ।सुरुआतमा दुई स्थानबाट मात्र गणना थालिएको छ । दलका प्रतिनिधिको सङ्ख्या बढाएर अन्य स्थानबाट एकसाथ गणना थाल्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका अधिकृत प्रेमकुमार श्रेष्ठले विवाद आउन नदिने गरी सानो सङ्ख्यामा परीक्षणका रुपमा मतगणना थालिएको बताउनुभयो । कार्यालयले छ÷सात स्थानबाट एकसाथ गणना गर्ने तयारी गरेको छ ।

वडा नं १ बाट माथि र वडा नं ३२ बाट तल गन्दै ल्याउने गरी सुरुआत गरिएको छ । यसरी हाल वडा नं १ र ३२ को मतगणना जारी छ । प्रारम्भिक विवरणअनुसार हालसम्म काठमाडौँ महानगरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सामान्य अग्रता लिनुभएको छ ।

साहले २२ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका सिर्जना सिंहले १८ र नेकपा ९एमाले०का केशव स्थापितले १३ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौँ महानगरको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारको सङ्ख्या बढी हुँदा गणनामा पनि ढिलाइ भइरहेको देखिएको छ । वडा नं १८, २२, २३ र २७ बाट दलित महिला सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com