भरतपुर महानगर अपडेट : विजय सुवेदी भन्दा रेणु पछाडी, जगन्नाथ पौडेलले पाए ८ भोट


चितवन । भरतपुर महानागरको चुनावी परिणामको अपडेट आइरहँदा सबैले चासो पूर्वक हेरिरहेका छन् ।

चितवनको भरतपुर महानगरपालिकामा एक सय भोट गन्दा विजय सुवेदीले ४१ भोट पाएका छन् भने गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३७ भोट पाएकी छन् ।

स्रोतका अनुसार अर्का चर्चित उम्मेदवार जगन्नाथ पौडेलले भने जम्मा ८ भोट पाएका छन् । यसअघिको निर्वाचनमा रेणुले एमालेका देवी ज्ञवालीलाई पराजित गरेकी थिइन् ।

यो पनि : हुम्लाको ताजाँकोटमा माओवादीको अग्रता : ताजाँकोट गाउँपालिका नेकपा (माओवादी केन्द्र)ले अध्यक्षमा ६०५ मतकासाथ अग्रता लिएका छन् । ३६१ मतले माओवादीका लालकेश जैशी अग्रस्थानमा रहनु भएको छ भने उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले)का अजमल बुढाले २४४ मत प्राप्त गर्नुभएको छ ।

वडा नं १ र ५ को ९३७ मतगणना गर्दा माओवादी केन्द्रका जैशीले अग्रता कायम गर्नुभएको हो । उपाध्यक्ष कांग्रेसका सुरेन्द्र थापाले ४७४ मत प्राप्त गर्नुभएको छ, भने एमालेका रुपचन्द्रा ऐडीले १६३ मत ल्याउनु भएको छ । गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का सम्पती शाहीले ३८ मत ल्याउनु भएको छ भने उपाध्यक्षमै कांग्रेसका स्वतन्त्र उम्मेदवार तिलकबहादुर शाहीले १५५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com