भारतले अतिक्रमण गरेको नेपाली भूमि ब्यास १ मा एमाले उम्मेदवार विजयी


दार्चुला, ३१ वैशाख

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र पर्ने दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार अशोक सिंह बोहराको प्यानल नै विजयी भएको छ ।

बोहरा १९५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वडाध्यक्षका उम्मेदवार शंकर एतवालले १५६ मत पाए ।
६०६ जना मतदाता रहेको यस वडामा३५५ मत खसेको थियो ।

त्यस क्षेत्र जान नेपालतर्फ बाटो नहुँदा सेनाको हेलिकोप्टरबाट मतपेटिका ढुवानी गरी शनिबार दिउँसोबाट मतगणना सुरु गरिएको ब्यास गाउँपालिका निर्वाचन अधिकृत कोसलेस्वर ज्ञवालीले बताए ।

दशरथचन्द नगरपालिका-१ मा एमाले उम्मेदवार विजयी

बैतडीको दशरथचन्द नगरपालिका-१ मा नेकपा एमालेका विष्णुदत्त भट्ट विजयी भएका छन् ।

भट्टले निवर्तमान वडाध्यक्षसमेत रहेका भुवनराज भट्टलाई २४ मतले पराजित गरेका छन् ।

विष्णुले ८१४ मत प्राप्त गर्दा भुवनले ७९० मत ल्याएका छन् । वडा नम्बर १ मा दुवै जनाको तीव्र प्रतिस्पर्धा भएको थियो ।

पराजित भएका भुवन नेपाली कांग्रेसका नगर सभापतिसमेत हुन् । दशरथचन्दको नगर प्रमुखमा भने एमालेका पुष्करराज जोशी (लख्खाभाइ)ले आफ्नो अग्रता कायमै राखेका छन् ।

यसअघि दशरथचन्द नगरपालिका-११ मासमेत एमालेकै जयदत्त पन्त विजयी भएका थिए । अन्य वडाको मतगणना बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com