काठमाडौं महानगरपालिकामा काँग्रेस र एमालेलाई उछिन्दै बालेनले गरे कमाल, अग्रता एकाएक बढाए


काठमाडौं, ३१ वैशाख ।

काठमाडौं महानगरपालिकामा सत्तारुढ दल नेपाली काँग्रेस र देशकै ठूलो पार्टी नेकपा एमालेलाई उछिन्दै स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन् ।

पछिल्लो परिणम अनुसार बालेनले ७४७ मत पाएका छन् । उनलाई नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितले ५४४ मतसहित पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३९७ मत पाएकी छन् । शनिबार बिहान ९ बजेबाट सुरु भएको मतगणना जारी रहनेछ ।

त्यस्तै : दक्षिणकाली नगरपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी, मेयरमा पनि एमालेकै अग्रता : काठमाडौंको दक्षिणकाली नगरपालिका(१ मा नेकपा एमालेको प्यानल नै विजयी हासिल गरेको छ ।

एमालेबाट अध्यक्षको उम्मेदवार बनेका जय थापामगरले एक हजार नौ सय मत ल्याउँदै जित हासिल गरेका हुन् । नेपाली कांग्रेसका उम्मेदवार जयन्द्र लामाले भने ८०५ मत ल्याउँदै हार व्यहोरेका छन् । सबै वडा सदस्य पनि एमालेकै उम्मेदवार विजयी भएका छन् ।

यसैगरी मेयरमा पनि एमालेले नै आफ्नो अग्रता कायम गरेको छ । एमालेबाट मेयरका उम्मेदवार श्रीराम आचार्यले ९१३ मत ल्याउँदा कांग्रेसका मोहन बस्नेतले ९१० मत ल्याएका छन् ।

साथै, उपमेयरमा भने कांग्रेसका उम्मेदवार बसन्ती तामाङले ७७८ ल्याउँदै अग्रता कायम गरेकी छन् । एमालेका उम्मेदवार इन्दिरा न्यौपानेले भने ८६४ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com