गुल्मीको रेसुंगा नगरपालिकामा काँग्रेसले मार्यो बाजी: मेयर, उपमेयरमा नै कांग्रेस विजयी


गुल्मी :

देशभरका स्थानीय तहहरुको मतपरिणाम आउने क्रम जारी छ । यसैबिच गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार खिलध्वज पन्थी तथा उपमेयरमा पनि कांग्रेस उम्मेदवार अमृतादेवी कुँवर विजयी भएकी छन् ।

पन्थीले ८ हजार ६ सय १४ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्द्व एमालेका उम्मेदवार ७ हजार ३ सय २० मत प्राप्त गरे । त्यस्तै उपमेयरमा पनि कांग्रेस उम्मेदवार कुँवरले ८ हजार ६ सय १९ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी एमाले उम्मेदवार रिता पाण्डेले ७ हजार २ सय ३१ मत प्राप्त ल्याएकी छिन् ।

त्यस्तै काठमाडौं महानगरपालिकामा सत्तारुढ दल नेपाली काँग्रेस र देशकै ठूलो पार्टी नेकपा एमालेलाई उछिन्दै स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन् । पछिल्लो परिणम अनुसार बालेनले ७४७ मत पाएका छन् ।

उनलाई नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितले ५४४ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३९७ मत पाएकी छन् । शनिबार बिहान ९ बजेबाट सुरु भएको मतगणना जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com