पेस्तोल र गोलीसहित गुण्डा नाइके गणेश लामा पक्राउ

फाल्गुन ३०,काठमाडौँ — चाइनिज पेस्तोल र ६ राउन्ड गोलीसहित प्रहरीले बुधबार राति गणेश लामालाई पक्राउ गरेको छ । गुण्डा नाइकेका रुपमा चिनिएका लामा यसअघि प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएका थिए ।सम्पत्ति शुद्धिकरण विभागले लगाएको अकूत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा उनले विशेष अदालतबाट केही महिना अघिमात्रै सफाई पाएका थिए।
गौशालाको पशुपति भिजनमा गोली चलेको आवाज सुनेपछि प्रहरी त्यहाँ पुग्दा लामा भेटिएका थिए। लामा भिजनमा रहेको जिम हलबाट कसरत गरेर फर्कँदै गर्दा पक्राउ परेका हुन् । घटनाबारे विस्तृतमा बुझ्न प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेल पनि गौशला वृत्त पुगिसकेका छन् । पोखरेलले कान्तिपुरसँग भने, ‘थप अनुसन्धान सुरु गरिसकेका छौं ।’
काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले लामालाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host