महिला फुटबल खेलाडीलाई सहयोग

विराटनगर, १ चैत (रासस): स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल प्रालि विराटनगरले एक खेलाडीलाई हवाई टिकट बराबरको आर्थिक सहयोग आज यहाँ गरेको छ ।
गिनीज बुक अफ वल्ड रेकर्डका लागि जाने महिला फुटबल खेलाडीलाई विदाई तथा आर्थिक सहयोग गरेको हो ।
मोरङको कानेपोखरी गाउँपालिका–७ का दीपा अधिकारीलाई जोर्डनमा विश्वको सबैभन्दा होचो भागमा हुन लागेको फुटबल खेलेर विश्व रेकर्ड राख्न प्रस्थान गर्न लागेकोमा सहयोग गरिएको हो ।
अधिकारीले पूर्वाअञ्चल महिला फुटबल टिम सदस्य, सशस्त्र प्रहरी महिला फुटबल टिम, नेपाली सेना महिला टिम सदस्य, राष्ट्रिय महिला फुटबल टिम र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलमासमेत प्रतिनिधित्व गरिसकेकी छिन् ।
कार्यक्रममा मोरङ जिल्ला फुटबल संघका उपाध्यक्ष विमलराज भण्डारी, अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य वसन्त अर्याल, अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व उपाध्यक्ष सन्तोष बानियाले शुभकामना दिँदै उहाँलाई बिदाई गर्नु भएको थियो ।
वि स २०५८ देखि फुटबल खेलमा प्रवेश गरेकी अधिकारीलाई अस्पतालका निर्देशक रुपेश अधिकारीले रु ६८ हजार बराबरको हवाई टिकेटको चेक हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host