केशव स्थापितभन्दा करिब ७ सय मतले अघि बढे बालेन शाह, बालेनको मत देखेर काँग्रेस एमालेहरु नै चकित


काठमाडाैं, १ जेठ-काठमाडाैं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ काे अग्रता कायमै छ ।

पछिल्लाे विवरण अनुसार उनले १ हजार ७०६ मत पाएका छन् । शाहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन् ।

गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले ८६८ मत पाएकी छन् ।

त्यस्तै, राप्रपाका मदन दासले १६५ मत पाएका छन् । त्यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदमा सत्ता गठवन्धनको तर्फबाट उम्मेदवार बनेका खेलराज पाण्डेयले २२१४ मत प्राप्त गर्दैै आफ्नो अग्रता कायमै राखेका छन् ।

५ हजार ७७ मत गणना हुँदा पाण्डेयले आफ्नो पोल्टोमा २२१४ मत पारेका हुन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका बाबुराम भट्टराईले १३१२ मत पाएका छन् ।

तेस्रो स्थानमा राप्रपाका मृगेन्द्र शेरचनले ६१३ पाएका छन् । तथापी, उपमेयरमा भने नेकपा एमालेकी साबित्रादेवी अर्यालले १४८२ मत ल्याएर अगाडी परेकी छन् ।

गठबन्धनका उम्मेदवार चीनबहादुर गुरूङले १२८१ मत पाएका छन् । राप्रपाकी भगवति पाण्डेले ८०४ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com