प्रधानमन्त्री देउवाकै वडामा कांग्रेसले हारेपछि खैलाबैला, अब बजेट जान के गर्ला गन्यापधुरा गाउँपालिकामा ?


डडेल्धुरा ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको देउवाकै गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस पराजित भएको छ । कांग्रेस बिपी र नेकपा एमालेबीच चुनावी तालमेल भएको यस स्थानमा विपी कांग्रेसले अध्यक्षमा विजय हासिल गरेको छ ।

औपचारिक घोषणा गर्न बाँकी रहेको भएपनि वडाध्यक्षमा निर्वाचित नरेश भण्डारी ६ ७३ मत ल्याउँदै निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवाले ५ ४४ मत ल्याउँदै पराजित भएका छन् । त्यस्तै, राप्रपाका मदन दासले १६५ मत पाएका छन् । त्यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदमा सत्ता गठवन्धनको तर्फबाट उम्मेदवार बनेका खेलराज पाण्डेयले २२१४ मत प्राप्त गर्दैै आफ्नो अग्रता कायमै राखेका छन् ।

५ हजार ७७ मत गणना हुँदा पाण्डेयले आफ्नो पोल्टोमा २२१४ मत पारेका हुन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका बाबुराम भट्टराईले १३१२ मत पाएका छन् ।

तेस्रो स्थानमा राप्रपाका मृगेन्द्र शेरचनले ६१३ पाएका छन् । तथापी, उपमेयरमा भने नेकपा एमालेकी साबित्रादेवी अर्यालले १४८२ मत ल्याएर अगाडी परेकी छन् । गठबन्धनका उम्मेदवार चीनबहादुर गुरूङले १२८१ मत पाएका छन् । राप्रपाकी भगवति पाण्डेले ८०४ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com