विराटनगरमा काँग्रेसले गर्यो चमत्कार, मेयरमा करिब १ हजार मतान्तरले कोइराला अगाडी


विराटनगर १ जेठ ।

विराटनगर महानगरपालिकाको मेयर पदका नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले आफ्नो अग्रता कायमै राखेका छन् । नागेशले अहिले सम्म २५८३ प्राप्त गरिसकेका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका सागर थापाले मात्र १६१५ ल्याएका छन् ।

यता मेयर पदका स्वतन्त्र उम्मेदवार उमेश यादवले ७१५ मत पाएका छन् । उपमेयरमा भने एमालेकी शिल्पा कार्कीले १८९६ मत ल्याउँदै अग्रस्थानमा आएकी छन् ।

साथै, जसपा उम्मेदवार अमरेन्द्र यादवले १३२३ मत रस्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४०९ मत पाएकी छन् ।

त्यस्तै एमालेविरुद्ध बलियो गठबन्धन निर्माण गर्दा पनि दमकमा एमालेले विजयी सुरुवात गरेको छ । एमाले अध्यक्ष केपी ओलीको गृहनगरमा एमालेले विजयी सुरुवात गरेको हो ।

दमक-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका हरि न्यौपानेले वडाध्यक्षमा विजयी भए । उनले १ हजार ६८६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी तारप्रसाद अधिकारी १ हजार ६२४ मत प्राप्त गरे । यहाँ एमालेविरुद्ध राप्रपा, कांग्रेस र माओवादीको गठबन्धन छ ।

नगर प्रमुख पदमा पनि एमालेकै अग्रता छ । एमालेको तर्फबाट प्रमुखको उम्मेदवार गीता अधिकारीले १ हजार ७३२ मत पाएकी छन् । गठबन्धनका तर्फबाट राप्रपाका राम थापाले १ हजार ६४८ मतका ल्याएका छन् । गठबन्धनका तर्फबाट उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराईले १ हजार ६४० मत ल्याएकी छन् । उपप्रमुखमा एमालेका अम्बिका खनालले १ हजार ५०९ मतका ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com