मकवानपुरको राक्सिराङ १ मा एमालेको प्यानल विजयी


मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बाबीराम मुक्तानसहित एमालेको प्यानल नै विजयी भएको छ ।

१ नम्बर वडामा मुक्तानले ४६३ मत प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गरेका छन् । त्यसैगरी, वडा सदस्यहरूमा एमालेका पुर्ण बहादुर मोक्तान, भीम बहादुर मुक्तान, महिला सदस्यमा आस माया थिङ, दलित महिला सदस्यमा सुमीत्रा विश्वकर्मा विजयी भएका हुन् ।

त्यस्तै एमालेविरुद्ध बलियो गठबन्धन निर्माण गर्दा पनि दमकमा एमालेले विजयी सुरुवात गरेको छ । एमाले अध्यक्ष केपी ओलीको गृहनगरमा एमालेले विजयी सुरुवात गरेको हो ।

दमक-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका हरि न्यौपानेले वडाध्यक्षमा विजयी भए । उनले १ हजार ६८६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी तारप्रसाद अधिकारी १ हजार ६२४ मत प्राप्त गरे । यहाँ एमालेविरुद्ध राप्रपा, कांग्रेस र माओवादीको गठबन्धन छ ।

नगर प्रमुख पदमा पनि एमालेकै अग्रता छ । एमालेको तर्फबाट प्रमुखको उम्मेदवार गीता अधिकारीले १ हजार ७३२ मत पाएकी छन् । गठबन्धनका तर्फबाट राप्रपाका राम थापाले १ हजार ६४८ मतका ल्याएका छन् । गठबन्धनका तर्फबाट उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराईले १ हजार ६४० मत ल्याएकी छन् । उपप्रमुखमा एमालेका अम्बिका खनालले १ हजार ५०९ मतका ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com