यी हुन् माधव नेपालको इज्जत जोगाउने मेयर, जसले पोखरामा एमालेका थापालाई पछि पार्दै लिड गरिरहेका छन्


पोखरा : पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यले अग्रता कायमै राखेका छन्। २४ सय मतमा गठबन्धनका उम्मेदवार धनराजले ९२३ ल्याउदा एमालेका कृष्ण थापाले ८०६ मत प्राप्त गरेका छन्।

त्यस्तै उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी कोपिला रानाभाटले १ हजार २८ र एमालेकी मन्जुदेवी गुरुङले ९०४ मत पाएकी छन्। पोखराको एक नम्बर वडामा यसअघि एमालेले वडाध्यक्ष जितेको थियो भने २ र १२ मा कांग्रेस विजयी बनेको थियो।

त्यस्तै एमालेविरुद्ध बलियो गठबन्धन निर्माण गर्दा पनि दमकमा एमालेले विजयी सुरुवात गरेको छ । एमाले अध्यक्ष केपी ओलीको गृहनगरमा एमालेले विजयी सुरुवात गरेको हो ।

दमक-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका हरि न्यौपानेले वडाध्यक्षमा विजयी भए । उनले १ हजार ६८६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी तारप्रसाद अधिकारी १ हजार ६२४ मत प्राप्त गरे । यहाँ एमालेविरुद्ध राप्रपा, कांग्रेस र माओवादीको गठबन्धन छ ।

नगर प्रमुख पदमा पनि एमालेकै अग्रता छ । एमालेको तर्फबाट प्रमुखको उम्मेदवार गीता अधिकारीले १ हजार ७३२ मत पाएकी छन् । गठबन्धनका तर्फबाट राप्रपाका राम थापाले १ हजार ६४८ मतका ल्याएका छन् । गठबन्धनका तर्फबाट उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराईले १ हजार ६४० मत ल्याएकी छन् । उपप्रमुखमा एमालेका अम्बिका खनालले १ हजार ५०९ मतका ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com