काँग्रेसको राजनीति गरेका दाजु मनोहरिले एमालेबाट चुनाव लडेका भाईलाई पछारे, के बोलचाल नै बन्द भएको हो उनीहरुको ?
इलाम १ जेठ ।
इलामको रोङ गाउँपालिका वडा नम्बर १ भाईलाई हराउँदै दाजु निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका मनोहरि खड्काले नेकपा एमालेबाट उम्मेदवार दिएका भाई मनोज खड्कालाई सय भन्दा बढी मतले पराजित पारेका हुन् ।
मनोहरिले ६१० मत पाएका थिए भने मनोजले ४८८ मत पाएर पराजय भएका हुन् । वडा सदस्यमा भने एमालेकी दलित महिला उम्मेदवार लक्ष्मी नेपालीबाहेक सबै पद नेपाली कांग्रेसका सदस्य विजयी भएका छन् ।
त्यसै गरी, जिल्लाको वडा नम्बर १ मा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार सुवास तामाङले ६९७ मत पाउँदा एमालेको मेहरमान तामाङले ४८४ मत ल्याएका छन् । उपाध्यक्ष पदमा पनि नेपाली कांग्रेसले नै अग्रता लिएको छ ।
त्यस्तै विराटनगर महानगरपालिकाको मेयर पदका नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले आफ्नो अग्रता कायमै राखेका छन् । नागेशले अहिले सम्म २५८३ प्राप्त गरिसकेका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका सागर थापाले मात्र १६१५ ल्याएका छन् ।
यता मेयर पदका स्वतन्त्र उम्मेदवार उमेश यादवले ७१५ मत पाएका छन् । उपमेयरमा भने एमालेकी शिल्पा कार्कीले १८९६ मत ल्याउँदै अग्रस्थानमा आएकी छन् ।
साथै, जसपा उम्मेदवार अमरेन्द्र यादवले १३२३ मत रस्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४०९ मत पाएकी छन् ।