एमालेको पकड रहेको क्षेत्रमा पनि बालेनलाई मत, किन कमजोर देखियो काठमाडौँमा काँग्रेस ?


काठमाडौं १ जेठ ।

पछिल्लो मत परिणाम अनुसार काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २६०१ मत ल्याउँदै आफ्नो अग्रता कायमै राखेका छन् ।

महानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना अनुसार बालेनले २६०१ मत पाएका हुन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा नकेपा एमालेका केशव स्थापितले भने १४२७ मत पाएका छन् ।

गठवन्धनबाट उम्मेदवार दिएकी नेपाली कांग्रेसकी सिंजना सिंहले भने १३५९ मत पाएकी छन् । गएको २०७४ सालको निर्वाचनमा १, २, ३, ४ र ३२ मा एमालेले वडा अध्यक्ष जितेको थियो । यसरी हेर्ने हो भने बालेनलाई एमालेको पकड भएको स्थानबाट पनि मत प्राप्त भएको छ ।

त्यस्तै भरतपुर महानगरपालिकाको वडा नं १ मा गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार नेपाली कांग्रेसका केशव महर्जन विजयी हुनुुभएको छ । महर्जनले एक हजार ३९० मत प्राप्त गर्नुभएकामा उहाँका निकटतम प्रतिस्प्रर्धी शुक्रकुमार श्रेष्ठले एक हजार ३१३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त वडामा तीन हजार २७७ मत खसेको थियो । वडा नं १ को गणना सकिँदै गर्दा गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायम छ । उहाँले उक्त वडामा १२१ मतले अग्रता लिनुभएको हो । दाहालले एक हजार २०८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका विजय सुवेदीले एक हजार ८७ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४३० मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एक हजार ३६२ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८७७ मत पाउनुभएको छ ।

महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । यस्तै जिल्लाका अन्य पालिकामा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा नेकपा एमालेले अग्रता कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com