‘कान्छी’ फिल्मको देश ब्यापी रिलिज फाल्गुन ४ गते

दर्शकहरुले लामो समय देखि कुरेर बसेको कान्छी फिल्मको देश ब्यापी रिलिज आज फाल्गुन ४ गते  हुने भएको छ Iआकाश अधिकारीको निर्देशन रहेको ‘ कान्छी’ चलचित्रको लेखन यम थापा रहेको छ I संगीत राजनराज शिवाकोटी र अर्जुन पोखरेलको रहेको यस चलचित्रमा दयाहांग राई , स्वेता खड्का, अनु शाह, कामेश्वोर चौरसिया र भूमिका श्रेष्ठको प्रमुख भूमिका रहेको कान्छी चलचित्र हिरा ( दयाहांग राई ) र कान्छी ( स्वेता खड्का ) को प्रेम कथामा आधारित छ I चलचित्र कान्छीले देश ब्यापी रुपमा राम्रै आम्दानी गर्ने अनुमान गरिएको छ I स्वेता खड्का आफ्नै निर्माण रहेको कान्छी फिल्मको गीतहरु भने यस अघि नै हिट भैसकेका छन् I 

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host