बृहत पश्मिाञ्चल महिला महोत्सवको उद्घाटन गर्न पूर्वप्रधानमन्त्री प्रचण्ड पर्वत आउने।

निपोल न्यूज संबाददाता
फाल्गुन ४ , २०७४
पश्मिाञ्चल महिला महोत्सवको उद्घाटन गर्नको लागि पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड पर्वत आउने भएका छन् ।यहि फागुन १६ देखि २६ सम्म संचालन हुने १० औं बृहत पश्मिाञ्चल महिला महोत्सवको उद्घाटनको लागि प्रचण्ड पर्वत आउने भएका हुन् ।महोत्सवमा एक करोड बराबरको कारोबार गरिने भएको छ ।श्रमिक महिला दिवसको अबसर पारेर यहि फागुन १६ देखि २६ सम्म आयोजना हुन लागेको १० औं बृहत पश्मिाञ्चल महिला महोत्सवमा एक करोडको कारोबार र १० लाख नाफा निकाल्ने आयोजकले जनाएको छ ।

रेडियो दिदिबहिनीले आफ्नो आठौं बार्षिक उत्सवको अबसर पारेर उक्त कार्यक्रम गर्न लागेको हो।हरेक बर्ष रेडियोले महिला महोत्सवको आयोजना गर्दै आएको छ ।उक्त महोत्सव सम्पन्न गर्नको लागि ३५ लाख खर्च लाग्ने अनुमान रेडियोले गरेको छ । महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता, रयाली तथा झाँकी प्रतियोगिता, रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी, टपरी गाँस्ने प्रतियोगिताका साथै खसी बोका, बाख्रा, कुखुरा तथा कृषि प्रदर्शनी हुने आयोगले जनाएको छ ।कार्यक्रममा राष्ट्रिय भलिबल प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमशः नगद १ लाख, ६० हजार र ४० हजार प्राप्त गर्नेछन् ।

त्यसैगरी रयाली प्रतियोगितमा प्रथम, द्धितिय,तृतीय हुनेले क्रमश १८ हजार, १२ हजार र ८ हजार प्राप्त गर्ने रेडियोले जनाएको छ ।त्यस्तै रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश नगरद १५ हजार, ८ हजार र ५ हजार पाउनेछन् भने बक्तृत्वकला प्रतियोगिता र शैक्षिक प्रदर्शनीमा उत्कृष्ट हुनले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्ने रेडियोले जनाएको छ ।कार्यक्रम अबधी भर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host