शाहरुख खानको धमकेदार एक्शन सीक्वल.. ‘डॉन 3’.. FINAL
कुर्ने समय सकियो, शाहरुख खानको धमाकेदार एक्शन सीक्वल.. ‘डॉन 3’.. FINAL भएको छ I
शाहरुख खानको फिल्म डोन ३ धेरै समय देखि चर्चा बाहिर थियो I तर फेरी एक पटक फिल्मको चर्चा बलिवुड बजारमा एका एक चुलिएको छ I प्राप्त जानकारी अनुसार आनन्द एल रायको फिल्म ‘जीरो’ रिलिज भय लगतै शाहरुख फरहान अख्तरको डान्- ३ को काम सुरु गर्ने भयको छन I
फिल्मको स्क्रिप्टको काम तिब्र गतिमा अगाडी बढी रहेको छ I बिशेष शुत्र अनुसार रितेश सिधवानी र फरहान अख्तर दुवै राम्रैसंग लगानी गर्ने मूडमा रहेका छन् I डोन र डोन- २ दुवै सुपरहिट फिल्महरुले राम्रो ब्यापार गरेका थिय I दर्शकहरुले राम्रो मन पराएका थिय I शाहरुख खान र प्रियंका चोपडाको अभिनय रहेको डोन (२००६ ) र डोन -२ (२०११) हिट थियो I बक्स अफिसमा दुवै फिल्महरुले राम्रै सफलता हासिल गरेको थियो I
स्क्रिप्टको काम –
रितेश सिधवानीले डोन ३ को लागि कलाकारहरु लागी बिचार गरि रहेको बताएका छन् I स्क्रिप्टको अलि कति काम बाकी रहेको छ I त्यो सकिने बितिकै छिट्टै नै फिल्मको घोसणा गर्नेछौ I
शाहरुख खान फाइनल –
भन्ने नै हो भने फरहान अख्तरले धेरै पहिला देखिनै डोन ३ को लागि शाहरुख खानलाई फाइनल गरेका थिय I तर अरु कलाकारहरुको भने तय भैसकेको छैन I
क्याटरिनाले स्थान पाउने –
बिचमा धेरै अफवाहहरु पनि नचलेका होइनन I केहि समय पहिला फिल्मको लागि चोपडाको नाम फेरी पनि आएको थियो, त्यसपछि काट्रिना कैफ , फेरी जैक्लिन फर्नान्दिस… सबैको नाम जोडिएको थियो I
एउटा हिटको खाँचो
अब शाहरुख खानको करियरको कुरा गर्ने हो भने यस समय उनलाई एक हिट फिल्मको आबस्यक छ , शायद डोन – ३ ले नै पुरा गर्ने बिश्वाश गरिएको छ I
२०१८ सम्म कुनै फिल्म नखेल्ने
२०१८ सम्म शाहरुख खानको सिर्फ एउटा फिल्म मात्र रिलिज हुने भएको छ I त्यो हो आनन्द एल रायको फिल्म जीरो I २०१९ को लागि डोन ३ लाई मान्न सकिन्छ I