भुवन के . सी . लाई कारबाही हुनुपर्छ, कृ फिल्ममा राखेको मलाई थाहा छैन

३३ वर्ष अघिको आफ्नो चलचित्र ‘सम्झना’को गीत उकालीमा अघि अघि… को ट्युन हुबहु चोरी भएको भन्दै निर्माता निर्देशक शम्भु प्रधानले चलचित्र ‘कृ’ विरुद्ध प्रहरीमा उजुरी हालेका छन् ।

उनले महानगरीय प्रहरी परिसर टेकुमा चलचित्र ‘कृ’ का निर्माता सुवास गिरी, भुवन केसी र संगीतकार अल्मोडा राना उप्रेतीविरुद्ध उजुरी हालेका हुन् । तर प्रहरीले यो उजुरीलाई दर्ता गरिसकेको छैन ।
उकालीमा अघि अघि…का संगीतकार रञ्जित गजमेर र गीतकार कुसुम गजमेर हुन् । गीतकार र संगीतकारले उजुरी दिएमा मुद्दा लाग्ने प्रहरीले जनाएको छ । प्रहरीले सके सम्म मिलाउन खोजेको जानकारी प्राप्त भयको छ I

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host