झापामा १६ हजार विद्यार्थी एसईई परीक्षामा

बनियानी, झापा, २ चैत (रासस): झापाबाट यस वर्ष १६ हजार परीक्षार्थीले एसइई परीक्षा दिने भएका छन् ।
यही चैत ८ गतेदेखि शुरु हुने परीक्षामा नियमिततर्फ १५ हजार २४६ र एक्जाम्टेडतर्फ ८१४ जना गरी १६ हजार १६ जना परीक्षार्थी एसइईमा सहभागी हुने जिल्ला शिक्षा कार्यालय झापाका उप जिल्ला शिक्षा अधिकारी होमनाथ भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ५४ वटा परीक्षा केन्द्रबाट नियमित र दुईवटा परीक्षा केन्द्रबाट एक्जाम्टेड विद्यार्थीले परीक्षा दिनेछन् । एक्जाम्टेड विद्यार्थीका लागि बिर्तामोडस्थित महेन्द्र रत्न उच्च मावि र दमकस्थित पृथ्वी मावि तोकिएको छ ।
“परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका आइसकेको छ”, उपजिशिअ भण्डारीले भन्नुभयो, “सम्बन्धित केन्द्रमा उत्तरपुस्तिका पु¥याइसकिएको छ ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host