“काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा ८ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।”
“यूएई विरुद्ध कमजोर बने सन्दीप, एक ओभरमै खाए ४ छक्का”
“काठमाडौं । यूएईविरुद्धको निर्णायक खेलमा नेपाली स्टार स्पिनर सन्दीप लामिछानेले महँगो बलिङ गरेका छन् । खेलको ४८ औँ ओभरमा उनलाई यूएईका आसिफ खानले लगातार ४ छक्का प्रहार गरे ।
“१० ओभर बलिङ गर्दा सन्दीपले ८० रन खर्चिन पुगेका छन् । उनले यूएईका विस्फोटक ब्याट्सम्यान मुहम्मद वसिमलाई उनले आउट गरेका थिए । तर, त्यसपछि उनको बलिङ चल्न सकेन ।”
“सन्दीपसँग आज दुई विकेट लिएर विश्वकीर्तिमान रच्ने मौका थियो । त्यसमा उनी एक विकेटले चुके । ४८ औँ ओभरको दोस्रो, तेस्रो, चौथो र पाँचौं बलमा आसिफबाट सन्दीपले छक्का खाएका हुन् ।”