शिक्षा पत्रकार समूहको अध्यक्षमा सुब्बा

काठमाडौँ, ५ फागुन (रासस) ः शिक्षा पत्रकार समूहको नवौँ अधिवेशनबाट रोश्ना सुब्बा (शिक्षक मासिक)को नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ ।

आज यहाँ सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा शेषकान्त पण्डित (गोरखापत्र), महासचिवमा चन्द्र बानियाँ (रेडियो नेपाल), सचिवमा तुला अधिकारी (कृष्णसार एफएम), कोषाध्यक्षमा श्याम तण्डुकार (शिक्षालय मासिक) चयन हुनुभएको छ ।

समितिको सदस्यमा निर्जला कक्षपति, वासुदेव तिमल्सिना, ममता थापा, कृष्ण मल्ल, रोशन गाउँले, गोपाल संग्रौला, विष्णु विवेक विश्वकर्मा र प्रज्ञा तिमल्सिना निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष सुब्बाले सार्वजनिक शिक्षाका मुद्दा वकालत गर्न थप सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नवनिर्वाचित कार्यसमितिलाई समूहका पूर्व अध्यक्षहरु सुदर्शन घिमिरे, हरि थापा, प्रकाश सिलवाल, सुदर्शन सिग्देल, निवर्तमान अध्यक्ष दीपक दाहाललगायतले सक्रियताका साथ काम गर्न शुभकामना दिनुभएको थियो ।

अधिवेशनको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host