छोरी जन्माउनेलाई नगदसहित सम्मान

निपोल न्यूज़ संबाददाता, विराटनगर समाजमा छोरी जन्मिदा अपनाइने दृष्टिकोणमा परिवर्तन ल्याउन विराटनगर महानगरपालिकामा “छोरी बचाउ अभियान” सुरु गरिएको छ।

महानगरपालिकाका प्रमुख भीम पराजुली तथा उपप्रमुख इन्दिरा कार्कीले संयुक्त रुपमा पहिलो पटक छोरी जन्माउनेलाई १५ जना आमालाई प्रोत्साहन स्वरुप जनही रु तीन हजार सहित सम्मान गरे।

समाजमा देखिने छोरा र छोरी विचको विभेद् अन्त्य गर्न महानगरपालिकाले पहिलो पटक यो अभियान प्रारम्भ गरेको हो। बीस वर्षपछि विवाह गर्ने नेपाली महिलाले गर्भ रहँदा नियमित चार पटकसम्म स्वास्थ्य जाँच गराउनुपर्ने तथा स्वास्थ्य केन्द्रमा प्रसूति गराउनेलाई महानगरपालिकाले प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएको छ।

यस अभियानले तराई क्षेत्रमा जनचेतना जगाउन महत्पूर्ण निर्बाह गर्ने महनगरपालिको दाबी छ। महानगरपालिकाका प्रमुख पराजुलीले पहिलो चरणको अभियान अन्तर्गत ३५ जनालाई प्रोत्साहन भत्ता वितरण गर्ने बताए।

छोरीलाई पनि छोरा सरह समाजमा स्थापित हुन सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले यो अभियान सञ्चालन गरेको उनले जानकारी दिए।

महानगरपालिकाकी उपप्रमुख कार्कीले गर्भमा छोरी भएको थाहा भएपछि गर्भपतन गराउने प्रवृत्ति अझैपनि कायम रहेकाले यस अभियानले यस्तो सामाजिक विकृति अन्त्य गर्न सहयोग मिल्ने वश्वास व्यक्त गरे।तराई–मधेशमा दाइजो र सामाजिक कुरितिका कारण छोरीमाथि गरिने व्यवहारमा अझैपनि परिवर्तन आएको छैन।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host