“फेरि पनि छोरी नै पाउछिस, भनेर(२)छोरी सुत्केरी श्रीमति छोडेर गए, श्रीमान !
“काठमाण्डौ । फेरीपनि छोरी नै पाउँछेस् भन्दै घर छोडेर सम्पर्क बिहीन भएका श्रीमानको पर्खाईमा छिन् २१ दिने एक सुत्केरी श्रीमती । कामाण्डौको शेषमतिमा ३ छोरीसंगै एक्लै बस्छिन् ती २१ दिने सुत्केरी महिला । उनले जन्माएको कान्छि छोरी जन्मन नपाउँदै श्रीमानले छोरी नै जन्मिन्छ भनेर आफुसंगै अरु २? छोरी हरुलाई समेत छाडेर श्रीमान कता छन् ती सुत्केरीलाई थाहा छैन ।”
“सिन्धुुलीबाट काम खोज्दै काठमाण्डौ आएकी उनी अहिले श्रीमान नै साथमा नहुँदा उनलाई हुर्किंदै गरेका २ छोरीसंगै भर्खरै जन्मिएको कान्छि छोरीलाई के खुवाउने के लगाउनेभन्ने ठूलो चिन्ता छ । अर्काको घरमा घर सफा गर्नेदेखि लिएर लुगा धुने”
“भाँडा माझ्ने काम गरेकी ती सुत्केरीले अहिले यो अवस्थामा त्यो काम पनि गर्ने सक्ने बताउँछिन् । ‘लोग्ने भएको भए काम गरेको पैसाले खाने कुरा त किन्ने पाईन्थ्यो । अब त त्यो पनि छैन ।’ निरास हुँदै उनले भनिन् ।”
“तीन सन्तानकी आमा उनी आफु सुत्केरी भईरहेको समयमा श्रीमानले यसरी अलपत्रै पार्लान् उनले कहिल्यैपनि सोंचेकी थिईनन् । उनी भन्छिन्,‘जाँड, रक्सि खाएर मातेर तैंले छोरी मात्रै जन्माउने भईस् त भनेर सधैं गा ली त गर्नुहुन्थ्यो ।”