पहिलो नर वानर अन्तर्राष्ट्रिय सम्मेलन शुरु

ललितपुर, ५ फागुन (रासस) ः नेपालमा पहिलोपटक नर वानर अन्तर्राष्ट्रिय सम्मेलन प्रारम्भ भएको छ ।

नेपाल जैविक विविधता अनुसन्धान समाज र त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको चार दिवसीय सम्मेलनको उपपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो ।

त्यसअवसरमा उहाँले बाँदरको अध्ययन–अनुसन्धानमा सक्रिय समाजलाई उल्लेखनीय सहयोग गरेबापत एकजना जापानी अनुसन्धानकर्तालाई अभिनन्दन गर्नुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मानबहादुर खड्काले वन्यजन्तु हरेक देशका अदृश्य सम्पत्ति भएका बताउँदै तिनको संरक्षणमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “वन्यजन्तुको वास्तविक वासस्थानमा मानव अतिक्रमण बढ्दा लोपोन्पुख जनावरका प्रजाति जोखिममा परेका छन् ।”

समाजका अध्यक्ष डा मुकेशकुमार चालिसेले सम्मेलनको औचित्यबारे बताउँदै नेपालमा रातो मकाक, आसामे र लंगुर बाँदरका प्रजाति रहेका जानकारी बताउनुभयो ।

सम्मेलनमा नेपालसहित अमेरिका, जापान, भारत, बंगलादेश, चीन, थाइल्याण्ड, इण्डोनेशियाका ५० जनाभन्दा बढी अनुसन्धानकर्ताको सहभागिता छ ।

 

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host