बनौका युवाले गरे बनौलाई गाँजा निषेध क्षेत्र घोषणा गर्ने प्रतिबद्धता, वडा अध्यक्ष भए गदगद

निपोल न्यूज़ संबाददाता,
पर्वत । जलजला गाउँपालिका ९ बनौका स्थानीय युवा क्बलहरुले बनौलाई गाँजा मुक्त क्षेत्र घोषणा गर्नको लागि प्रतिबद्धता जनाएका छन् । बनौमा रहेका बनौ युवा क्लब, सरस्वती युवा क्लब, पातल युवा क्लब र आदर्श युवा क्बलले विहिबार वडा कार्यलयमा संयुक्त भेला राखि यस्तो प्रतिबद्धता जनाएका हुन् ।
पछिल्लो समयमा लागू औषधको रुपमा प्रयोग हुदै आएको गाँजाको प्रयोगको रोकथामको लागि युवाक्बलहरुले आफ्नो सक्रियता देखाएका हुन् । उनीहरुले संयूक्त रुपमा वडालाई गाँजा निषेध क्षेत्र घोषणा गर्नको लागि र वडामा हुने भाँगको खेतीलाई समेत रोक्नको लागि विकल्प समेत ल्याएका छन् ।
अचारमा प्रयोग हुने भाँगोको सट्टा सिलामको प्रयोग गर्नको लागि र सोही अनुसार उत्पादन गर्नको लागि समेत युवाहरुले सक्रियता देखाएका छन् । गाउँमा वडा कार्यालयले भाँगोको सट्टामा सिलाम उत्पादन गर्नको लागि विउ समेत वितरण गर्ने भएको छ ।

युवाहरुले गाँजा निषेधित क्षेत्रको रुपमा बनौलाई विकास गर्ने प्रतिबद्धता जनाएपछि वडा अध्यक्ष गौ बहादुर पुन खुसिले गदगद भएका छन् ।
वडाको विकास र समृद्धिको लागि युवाहरुको भूमिका महोत्वपूर्ण हुने भन्दै पुनले युवाहरुले गरेको प्रतिबद्धताले वडालाई विकास गर्नको लागि ढोका खुलेको बताए । वडाको विकास र समृद्धिको लागि यहाँका युवाहरुको चाँसो छ, सक्रियाता छ भन्ने कुरा यो अभियानले देखाएको छ, वडा अध्यक्ष पुनले भने ।

फोटो – मेरो जिल्ला डट कम

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host