सीएमसीमा निःशुल्क जाँच

चितवन मेडिकल कलेज (सीएमसी) मा चैत महिनाभरि मृगौला परीक्षण निःशुल्क हुने भएको छ । चितवन मेडिकल कलेजमा भारतको मेदान्त अस्पतालबाट कलेजसम्बन्धी फेलोसिपी गरेका दक्ष डाक्टरहरुबा मृगौला परीक्षण हुने कलेजले जनाएको छ । गोल्ड मेडलिष्ट डा क्षेतेन योञ्जन तामाङबाट परीक्षण हुने छ । मृगौलाको ओपीडी सञ्चालन हरेक हप्ताको सोमबार र बिहीबार हुनेछ । कलेजमा अत्याधुनिक प्रविधिबाट कलेजोसम्बन्धी उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host