कृष्णनगरको भेली मिलमा आगलागी

जितपुर, कपिलवस्तु, ४ चैत (रासस):  यहाँको एक भेली मिलमा शनिबार आगलागी हँुदा रु तीन लाख बराबरको क्षति भएको छ ।
कृष्णनगर नगरपालिका–९ मा रहेको महेश गुण उद्योगमा भेली बनाउने क्रममा दिउँसो आगो बाल्दा हावाहुरीका कारण सो उद्योगमा आगलागी भएको इलाका प्रहरी कार्यालय, बहादुरगञ्जले जनाएको छ ।
आगलागीबाट ४० क्विन्टल भेली, भेली स्टोर, लत्ताकपडा, भाँडावर्तन गरी करिब रु तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयबासी, प्रहरी र दमकलको सहयोगमा साँझ आगो नियन्त्रणमा आएको मिल सञ्चालक दिनानाथ चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host