२४ बर्षमै अस्ताइन् दिक्षाः भर्खर ‘सिए’ सकेकी उनका अधुरा भए सपना!! [भिडियाे सहित हेर्नुहोस्]

पोखराको चिप्लेढुङ्गामा नगरबसले ठक्कर दिँदा युवतीको मृत्यु भएको छ ।

शुक्रबार बिहान ७ः१५ बजे सिद्धार्थचोकबाट न्यूरोडतर्फ आउँदै गरेको ग १ ख ७१०८ नम्बरको पोखरा नगरबसले ग १८ प ९९८९ नम्बरको स्कूटरलाई ठक्कर दिएको थियो ।

घटनामा झापाको दमक नगरपालिका वडा नं. ४ घर भएकी र हाल पाेखरा ५ मा बस्ने २४ वर्षीया दीक्षा कार्कीको घटनास्थल मै ज्यान गएको हो । उनी पोखरा-५ पर्स्याङ बस्दै आएकी थिइन् ।

प्रहरीले नगरबस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
– पलपलको न्युज बाट
बाँकी भिडियाेमा हेर्नुहाेस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host