पैंतीस हजार फीट माथि उडिरहेको जहाजभित्रै बच्चा जन्मिएपछि…
विमानमा बच्चा जन्माएकी छिन् । साउदीअरबको दम्मासबाट भारतको कोच्चिआतीका लागि उडेको विमानमा एक यात्रुले बच्चा जन्माएकी हुन् ।
उडिरहेको विमानमा बच्चा ज’न्मि’एपछि केहीबेर विमानभित्र असहज परिस्थिति बनेको थियो । ती महिलाले बच्चा जन्माएपछि विमान मुम्बइमा आ’क’स्मिक अवतरण गरिएको थियो ।
महिलाको डे’लि’वरी भइरहेको समयमा विमानलाई मुम्बई विमानस्थलमा आ’प’तकालीन अवतरण गराइएको थियो । जहाजभित्रै नर्मल डे’लि’वरी भएपछि उक्त जेट एयरवेजले बच्चालाई जीवनभर विमान यात्राका लागि फ्रि टिकट दिने घो’ष’णा गरेको छ ।
जेट एयरवेजले यस बच्चाका लागि फ्री पास समेत जारी गरेको छ । जसको प्रयोगबाट उनले जतिपनि यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जेट एयरवेजको फ्लाइटमा यो घ’टना पहिलो पटक भएको कम्पनीले दा’बी गरेको छ ।
यो पनि -तीन महिनापछि जिम्बावेमा हुने विश्वकप छनोटमा नेपालले को-कोसँग गर्नेछ प्रतिस्पर्धा ? काठमाडौं / विश्वकप लिग-२ को अन्तिम खेलमा बिहीबार यूएईलाई डकवर्थ लुइस नियम आधारमा ९ रनले हराएर नेपालले तीन महिनापछि जिम्बावेमा हुने एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाएको छ ।
यूएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुग्यो । विश्वकप लिग–२ का सहभागी ७ टोलीमध्ये शीर्ष ३ टोली विश्वकप छनोटमा पुग्ने प्रा’व’धान थियो ।
आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बावेमा हुने विश्वकपको विश्वस्तरको छनोटमा १० टोली सहभागी हुनेछन् । त्यहाँ आईसीसीका १२ पूर्ण सदस्य र नेदरल्यान्ड्सले खेलिरहेको सुपर लिगका अन्तिम ५ टोली पनि रहने छन् ।
तीमध्ये नेदरल्यान्ड्स र जिम्बावेले विश्वकप छनोट खेल्ने प’क्का भइसकेको छ । विश्वकप छनोटमा विश्वकप लिग–२ बाट नेपाल, ओमान र स्कटल्यान्ड पुगेका छन् । अब बाँकी दुई टोलीको टुंगो विश्वकपको विश्वस्तरको छनोटका लागि हुने प्ले अफबाट लाग्ने छ ।
प्ले अफमा विश्वकप लिग-२ का अन्तिम ४ टोलीहरु नामिबिया, अमेरिका, यूएई र पीएनजी तथा च्यालेन्ज लिगका शीर्ष दुई टोली जर्सी र क्यानडा भिड्नेछन् । त्यहाँबाट दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् । विश्वकप छनोटबाट भने केवल दुई टोली मात्र विश्वकपमा पुग्ने छन् ।
विश्वकप छनोटमा सहभागी १० टोलीलाई पहिलो चरणमा दुई वटा समूहमा विभाजन गरिने छ । समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा शीर्ष २ स्थानमा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन् । विश्वकपमा सोझै छनोट भएका ७ टोली तय भइसकेको छ ।
भारत, न्युजिल्यान्ड, इङ्ल्यान्ड, अस्ट्रेलिया, बंगलादेश, पाकिस्तान र अफगानिस्तान सोझै विश्वकपका लागि छनोट भएका हुन् । अब वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड र दक्षिण अफ्रिकामध्ये एक टोली सोझै छनोट हुने छन् । तीमध्ये बाँकी तीन टोलीले विश्वकप छनोट खेल्नुपर्ने छ ।