नितालाई युटुबरले गर्भवती बनाईदिएपछि तनाब
अभिनेत्री नीता ढुंगानाले युट्यबुरले भ्रामक हेडलाइन राखेर नकारात्मक प्रभाव पारेको भन्दै फेसबुकमा असन्तुष्टि जाहेर गरेकी छिन् । म्युजिक भिडिओकाे कुरालाई आफ्नो व्यक्तिगत जीवनसँग जोडेको भन्दै नायिका नीता ढुंगानाले आफ्नो सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेकी छन्।
आफूले म्युजिक भिडियोमा निर्वाह गरेको भूमिकालाई व्यक्तिगत जीवनसँग जोडेर जबर्जस्ती गर्भवती बनाएको भन्दै उनले प्रेस काउन्सिलको ध्यानाकर्षण पनि गराएकी छिन् । भिडियोमा देखाइएको दृष्यलाई व्यक्तिगत जीवनसँग जोडेर युट्युवमा भ्रामक हेडलाइनहरु आएपछि उनले आपत्ति जनाएकी हुन्।
आफूले अभिनय गरेको एउटा गीतको सार्वजनिक कार्यक्रममा उपस्थित नीताले आफूले काम गरेका सिर्जना सन्तान जस्तै लाग्ने अभिव्यक्ति दिएकी थिइन् । उनको यही भनाइलाई युट्युबरले नीता गर्भवती भएको आसयको शीर्षक राखेर सार्वजनिक गरेका थिए ।
बिहीबार राजधानीमा नीता अभिनित म्युजिक भिडिओ ‘मरिहत्ते’ को एक पत्रकार सम्मेलन कार्यक्रम राखिएको थियो। उक्त कार्यक्रममा उनलाई भिडिओ गर्दाको अनुभवबारे सोधिएको थियो। भिडियोमा उनी गर्भवती(प्रेग्नेन्ट) महिलाको भुमिकामा प्रस्तुत भएकी छन्।
उनले सोही चरित्र निभाउँदाको अनुभवबारे मिडियामा आफ्ना धारणाहरु व्यक्त गरेकी थिइन्। अन्तरर्वातापछि भिडियोहरु सार्वजनिक हुँदा युट्युवभरि आफू गर्भवती भएको र आमा बनेको हेडलाइन देखेपछि उनले भत्सर्ना प्रकट गरेकी हुन्। युट्युवमा आएका उक्त हेडलाइनहरुले आफ्नो व्यक्तिगत जिवनमासमेत नकारात्मक प्रभाव पारेको उनको भनाइ छ।
युट्युवमा हुने यस्ता प्रचलनप्रति उनले प्रेस काउन्सिललाई ध्यानाकर्षण गराएकी छन्। यसरी भ्रामक हेडलाइन राख्ने युट्यबु च्यानलको स्क्रिनसट राख्दै नीताले लेखेकी छिन्, ‘ कलाकार भएपछि विभिन्न चरित्र निर्वाह गर्नुपर्ने हुन्छ । विभिन्न चरित्र निभाउने क्रममा हामीले आफ्नो कर्म र धर्म निर्वाह गरिरहेका हुन्छौँ ।
तर, सिनेमा वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई पत्रकारले समाचार सम्प्रेषण गर्दा कलाकारको वास्तविक जिवनमा त्यस्ता घटना भएको भन्ने आसय दिने भ्रामक हेडलाइन राख्ने र साना ठूला सामाजिक संजाल संचालकले त्यहाँका दृश्यहरुको गलत तरिकाले प्रस्तुत गर्ने गरेको कुरा नौलो हैन ।
यस्ता कृयाकलापले धेरै कलाकारको जीवनमा नकारात्मक प्रभाव पारिरहेको छ । यस्तो प्रचलनप्रति मेरो घोर भत्सर्ना छ । बिहीबार मात्र म अभिनित मरिहत्ते बोलको म्युजिक भिडियो सार्वजनिक गर्नका लागि एक पत्रकार सम्मेलन भएको थियो । तर, त्यहाँ पुगेका पत्रकारले
भिडियोको कुरालाई मेरो व्यक्तिगत जिवनसँग जोडेर भ्रामक हेडलाइन राखेका छन् । जुन आपत्तिजनक छ । मेरो जीवनमा यसले नकारात्मक प्रभाव पारेको छ । यस्ता क्रियाकलाप प्रति प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहान्छु ।’