निवर्तमान सञ्चार मन्त्रीको बिदाइ

काठमाडौँ, ६ फागुन ९रासस०ः सूचना तथा सञ्चार मन्त्रालयले निवर्तमान सञ्चार मन्त्री मोहनबहादुर बस्नेत र निवर्तमान राज्यमन्त्री तप्तबहादुर विष्टलाई बिदाइ गरेको छ ।मन्त्रालयद्वारा यहाँ आज आयोजित बिदाई कार्यक्रममा सञ्चार मन्त्रालयका कर्मचारी र मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखले उहाँहरुलाई बिदाइ गर्नुभयो ।सोही अवसरमा निवर्तमान मन्त्री बस्नेतले आफ्नो कार्यकाल सफल बनाउनका लागि सहयोग गर्ने कर्मचारीलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कार्यकाल अवधिभर बक्स अफिस लागू गर्ने, नेपालमा सुरक्षित मुद्रणको शुरुआत र न्यूनतम पारिश्रमिकको कार्यान्वयनलगायतका महत्वपूर्ण काम गरेको बताउनुभयो ।

निवर्तमान राज्यमन्त्री विष्टले आफू राज्यमन्त्रीबाट पदमुक्त भए पनि सञ्चार क्षेत्रको विकासका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सञ्चार सचिव केदारबहादुर अधिकारीले मन्त्रालयका कर्मचारी र मन्त्रीबीच सधैँभरि सुमधुर सम्बन्धका साथ सहकार्य भएको बताउनुभयो ।शुक्रबार र शनिबार बिदा परेको हुँदा आज बिदाइ कार्यक्रमको आयोजना गरिएको मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host