आंचलले किन सिल्ली प्रश्न भन्दै हकारिन पत्रकारलाई, हेर्नुहोस् यस भिडियो
‘ शत्रु गते’ पत्रकार सम्मेलनमा कलाकार र पत्रकार बीच अन्तरक्रिया सम्पन्न भयो I पत्रकारको प्रश्न संगै आंचल एका एक रिसाइन I पत्रकारलाई सम्झाउने क्रममा भनेकी थियिन कि चुम्बन र बेडसिन दिने बित्तिकै हिरोइनको आलोचना सुरु हुन थाल्छ । कतिपय हिरोइनले त्यही आलोचनालाई पनि चर्चामा आउने मेलो भन्ठान्ने गरेको पाइन्छ । तर, नायिका आँचल शर्माले भने फिल्ममा कहिल्यै चुम्बन र बेडसिन नदिने अठोट लिएकी छिन् ।
चैत ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको आफू अभिनीत फिल्म ‘शत्रु गते’ को पत्रकार भेटघाटमा उनले यो कुराको उद्घोष गरिन् । उनी भन्छिन्, ‘मैले आजसम्म कुनै फिल्ममा न चुम्बन न त बेडसिन नै दिएकी छु । र, भोलीका दिनमा पनि दिन्नँ ।’
फिल्ममा हरिवंश आचार्य, दीपाश्री निरौला, दीपकराज गिरी, प्रियंका कार्की, मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भुषाललगायतको पनि अभिनय रहेको छ ।