विक्रम बाबा मेला सुरु
कसरा । चैते दसैँको अवसरमा चितवन राष्ट्रिय निकुञ्जभित्र लाग्ने विक्रम बाबा मेला सुरु भएको छ ।
परापूर्व कालदेखि थारु जाती सहभागी हुने विक्रम बाबाको मेला पछिल्लो समय सबै समुदाय सहभागी हुने गरेका छन् । भक्तजनहरु मेला पुगेर आफ्नो मनोकांक्षा पूरा होस् भनी परेवा उडाउछन, बली चढाउँछन । औंसीदेखि पूर्णिमासम्म विक्रम बाबा मेला लाग्छ । निकुञ्जभित्रको सालको रुखको फेदमा पूजा गरिन्छ । प्राकृतिक पुजक रहेको हुँदा मेला विक्रम बाबाको थानमात्र रहेको छ ।
यहाँ पूजा गर्नाले सन्तान नभएकाहरुलाई सन्तान प्राप्त हुने र सन्तान भएकाहरु दीर्घायू हुने विश्वास गरिन्छ । विक्रम नाम गरेको आदिवासी थारु गुरौको थानमा पुजा गरे भाकल पूरा हुने, परिवारमा शान्ति र मनोकामना पूरा हने विश्वास गरिन्छ । विक्रम बाबा आदिवासी थारु समुदायका गुरौ हुन् । मेलामा होटल, खुद्रा सामग्री, कपडालगायतका स्टलहरु रहेका छन् । निकुञ्ज वारी वनभोज स्थलको सुविधा छ । मेलामा दर्शनालुहरु उल्लेखनीय रुपमा सहभागी भएका छन् । दर्शनार्थीहरुका लागी राप्ती नदीमा डुगाको व्यवस्था गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।