फिलिपिन्समा विमान दुर्घटना, सातको मृत्यु

मनिला, ३ चैत (रासस/सिन्ह्वा) : फिलिपिन्समा एउटा सानो विमान दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।

प्लारिडेलबाट बुलाकान प्रान्ततर्फ जाँदै गर्दा शनिबार मध्यान्ह विमान दुर्घटनामा परेको अधिकारीले जनाएका छन् ।

फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणका एक जना उच्च अधिकारीले छ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार छ ओटा मात्र सिटे विमानमा रहेका र मृत्यु भएका मध्ये दुई जना विमान चालक रहेका थिए ।

विमान उड्न सुरु गरेको केही मिनेटपछि स्थानीय समयानुसार विहान ११.२१ मा दुर्घटना भएको अधिकारीले बताएका छन् ।

विमान आवासीय क्षेत्रमा दुर्घटना भएको थियो । घटनास्थलमा अनुसन्धानका लागि अधिकारी पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host