काठमाडौँ, ५ चैत (रासस) :राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख स्वकीय सचिवमा भेषराज अधिकारी नियुक्त हुनुभएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीका अनुसार राष्ट्रपति भण्डारीले झापा जिल्ला कमल गाउँपालिका निवासी अधिकारीलाई प्रमुख स्वकीय सचिवमा आज नियुक्त गर्नुभएको हो ।
यसअघि पनि उहाँ प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।