काठमाडौं ।
काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेनले मतगणनामा अग्रता हाँसिल गरिरहेका बेला उनको घरमा छोरीको रुपमा लक्ष्मीको आगमन भएसँगै बालेनका सर्मथकहरुमा खुशीयाली छाएको छ ।
खासमा बालेन साहको छोरी बुधबार जन्मिएकी हुन् । खासमा छोरी बालेनको दाजु कौशकी हुन् । बालेनले नै छोरी पाएको भन्ने खबर फैलिएपछि बालेन साहकी श्रीमती सविना काफ्लेले भनिन् ‘छोरी पाएको हो भनेर फोन आएको आयै छ । मैले छोरी पाएको होइन् । बालेनको हैन उहाँका दाजुको हिजो छोरीको जन्म भएको हो ।’
छोरी जन्मिएको खबरले धेरैले बालेन र सविनालाई सामाजिक सञ्जालमा बधाई पनि दिइरहेका छन् । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका मेयरका उम्मेदवार बालेन्द्र साह९बालेन०ले अग्रता कायमै राखेका छन् ।
यो समाचार तयार पार्दासम्म बोलेनले बालेनले २२ हजार ८ सय ४२ मत पाएका छन् । गठवन्धनको तर्फबाट उम्मेदवार दिएकी नेपाली कांग्रेसकी र्सिजना सिंहले दश हजार नौ सय ८६ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७ सय ६९ मत पाएका छन् । बालेनले स्थापित भन्दा ११ हजार ७३ मत बढी पाएका छन् ।