पैसा तिर्न नसकेपछी भारतबाट उधारोमा पेट्रोलियम पदार्थ ल्याएर नेपालमा बेचिँदै

काठमाडौं :

आयल निगमले प्रत्येक १५ दिनमा आईओसीलाई रकम भुक्तानी गर्ने गरेको छ। गत मे ९ (वैशाख २६) मा निगमले झन्डै २५ अर्ब रुपैयाँ तिर्नुपर्ने थियो । तर रकमको अभाव भएपछि निगमले झन्डै १२ अर्ब रुपैयाँ मात्र भुक्तानी गर्न सकेको र बाँकी १२ अर्ब ८० करोड रुपैयाँ तिर्न नसकेको निगमका अधिकारीहरूले बताएका छन्।

“यो पछिल्लो सात-आठ वर्षमा पहिलो पटक यस्तो भयो। योभन्दा अगाडि निगमको आर्थिक अवस्था यस्तो कमजोर थिएन। हामी नियमित रूपमा किस्ता तिरिरहेका थियौँ,” निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने। निगमले आगामी साता आईओसीलाई झन्डै १८ अर्ब रुपैयाव तिर्नुपर्ने छ। यसअघिको बक्यौता समेत जोड्दा झन्डै ३१ अर्ब रुपैयाँ तिर्नुपर्ने हुन्छ। त्यसमध्ये इन्धनको विक्रीवितरण गरेर १० अर्ब रुपैयाँसम्म बजारबाट उठ्ने आकलन निगमको छ।

रुस र युक्रेनबीच जारी यु द्धका कारण पछिल्ला केही महिनामा विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ। जेठ २ गते नेपालको आन्तरिक बजारमा पेट्रोलमा समायोजन भएको मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १७० पुगेको छ भने डीजल र मट्टितेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर पुगेको छ।

निगमका अनुसार खरिद लागत भने पेट्रोलको १९२.९४ रुपैयाँ प्रतिलिटर, डीजलको १८८.३३ रुपैयाँ प्रतिलिटर अनि मट्टितेलको १४०.३६ रुपैयाँ प्रतिलिटर छ। बिबिसी  नयाँ खरिद लागतअनुसार एक लिटर पेट्रोलमा निगमलाई २२ रुपैयाँ ९४ पैसा घाटा छ भने डीजलमा ३५ रुपैयाँ ३३ पैसा घाटा छ। खरिद मूल्यका आधारमा केही नाफा रहेको हवाई इन्धनको मूल्य आन्तरिकतर्फ लिटरको १५६ रुपैयाँ पुगेको छ। एलपी ग्यासको मूल्य १६०० प्रतिसिलिन्डर कायम छ।

पछिल्लो समायोजनपछि पनि निगमलाई करिब चार अर्ब ४९ करोड रुपैयाँ घाटा हुने बताइएको छ। खरिद मूल्य बढ्दै गएकाले अबको केही समयमा पुनः मूल्य बढाउनको विकल्प नभएको अधिकारीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host