एमाले माओबादी पार्टी एकीकरण हुदा बामदेव रुनुको कारण के ?

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने लगायत एकीकरणका प्रारम्भिक सात बुँदे आधारहरुमा सहमति भएको छ । वाम गठबन्धनमा आवद्ध यी दुई पार्टीले आपसी वैचारिक विषयलाई वहश र छलफलपछि परिमार्जन गर्दै एकता महाधिवेशन गर्ने निर्णय पनि गरेका छन् । आज साँझ ७ बजेदेखि राति ११ बजेसम्म बसेको बैठकले आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपमा सम्पन्न गरिने पनि सहमति गरेको हो । यो सहमतिसँगै माओवादी केन्द्रलाई सरकारमा मन्त्री पठाउन बाटो खुलेको छ । यही फागुन २ गतेको समितिको बैठकमा मिल्न बाँकी विषयलाई दुई दलले आज हस्ताक्षरसहित सहमति गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज राति अबेरसम्म बसेको पार्टी एकता संयोजन समितिको बैठकले गरेको सहमतिमा पार्टीको नेतृत्वमा दुई सहअध्यक्ष रहने तथा सरकारको नेतृत्व आलोपालो गर्ने भनी चर्चामा आएका विषयबारे उल्लेख गरिएको छैन । कहिलेसम्म पार्टी एकता गर्ने भन्ने पनि किटान गरिएको छैन । बालुवाटारमा यसो हुदै गर्दा बामदेव गौतम भने लाइट नेपालले लिएको एक अन्तर्वार्तामा आँखा भरि आँशु निकालेर रोएका छन् I किन रोए यस भिडियो हेरेर थाहा पाउन सक्नु हुन्छ I

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host