नेपाल आइडल भन्दा के फरक छ भोइस अफ नेपाल , जित्नेलाई कती पुरस्कार…?

साथमा –

पररास्ट्र समाचार

नेपाल इजरायलबीच साझेदारीको विकास गरिने

काठमाडौँ, ५ चैत (रासस) : नेपालको परराष्ट्र मन्त्रालय र इजरायलको विदेश मन्त्रालयबीचको द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक यहाँ आज सम्पन्न भएको छ ।
बैठकमा आर्थिक, प्राविधिक र सांस्कृतिक क्षेत्रमा भएको द्विपक्षीय सहयोगको वर्तमान स्थितिबारे समीक्षा गर्दै आगामी दिनमा दुई देशबीच सहयोगात्मक सम्बन्ध र साझेदारीको विकास गर्ने विषयमा छलफल भएको थियो । बैठकमा नेपालको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाप्रसाद भण्डारी र इजरायलका तर्फबाट त्यहाँको विदेश मन्त्रालयका एशिया प्रशान्त महाशाखाका उपमहानिर्देशक गिलाद कोहेनले गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host