सातजना टर्किसको सिरियामा एकै चिहान

आङ्करा, ६ चैत (रासस /सिन्ह्वा) : उत्तरपश्चिमी सिरियाको आफ्रिन प्रान्तमा सातजना टर्किस् सैनिक मारिएका छन् । त्यहाँ अरु ११ जना घाइते भएका छन् ।

उक्त क्षेत्रमा मङ्गलबार बिहान भएको झडपमा परी टर्कीस् सैनिक मारिएका बताइएको छ । टर्कीको सैनिक स्रोतले सो जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ ।

सोमबार मात्र सिरियाको अफ्रिन सहरलाई टर्कीको सेनाको सहयोगमा यहाँका अर्धसैन्य लडाकूहरुले नियन्त्रणमा लिएका बताइएको थियो । तर मङ्गलबार टर्किस् सैनिकमाथि नै आक्रमण भएको बताइएको छ ।

उक्त सहरको मध्यभागमा टर्कीको सेना प्रवेश गरेको समाचार शनिबार नै आएको थियो । आइतबार सेनाले सो भागलाई पूर्ण नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

टर्कीले अफ्रिनमा हिंसा मच्चाइरहेको कुर्द लडाकू समूह वाईपीजीलाई गएको दुई महिनादेखि निशानामा पारिर खोजिरहेको थियो । उक्त समूहलाई टर्कीले आतंकवादी संज्ञा दिएको छ ।

सो क्षेत्रमा त्यहाँका स्थानीय विद्रोही कुर्दहरुले नै टर्कीस् सैनिकमाथि आक्रमण गरिएको अनुमान गरिएको छ । यस हत्याको विस्तृत समाचार भने प्राप्त भएको छैन ।

टर्कीको सेनाले प्रकाशन गरेको विज्ञप्तिअनुसार टर्किस् सेनाको ‘ओपसन ओलिभ ब्रान्च’ ले सिरियाको आफ्रिनमा सुरु गरेको कारबाहीको क्रममा ज्यान गुमाउने सैनिकको संख्या करिब ५० पुगेको बताइएको छ ।

सो क्षेत्रमा केही दिनयतादेखि टर्कीको सेनाले हवाई कारबाही पनि गर्ने गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host