काठमाडौं । विश्वको पहिलो नागरिकताधारी रोबोट सोफियालाई बुधबार नेपाल ल्याइने भएको छ ।
संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) ले आयोजना गरेको कन्फेरेन्स अन टेक्नोलोजी फर पब्लिक सर्भिसका लागि उक्त रोबोटलाई नेपाल ल्याउन लागिएको हो ।विश्वमै पहिलोपटक नागरिकता पाएको यो रोबोट हङकङको हृयान्सन रोबटिक्सले बनाएका हुन् । रोबोटको सन् २०१५ मा एक्टिभ गरिएको भए पनि पहिलो प्रदर्शनी भने सन् २०१६ को मध्य मार्चमा अस्टिनमा गरिएको थियो ।मानिस जस्तै हाँस्ने, कुराकानी गर्ने यो रोबोटले अन्तर्वार्ता पनि दिनसक्ने भएकाले सबैको योप्रति आकर्षण छ । महिला रोबोट मानिएको सोफिया रोबोटले बच्चा जन्माउने चाहना समेत राखेको बताइन्छ ।