मोदी गाउँपालिकामा अध्यक्ष र कार्यकारीको मनोमानी छ, मेरो अधिकार कुण्ठित पारियो– उपाध्यक्ष सेती महत
निपोल न्यूज़ संबाददाता, पर्वत – मोदी गाउँपालिकाकी उपाध्यक्ष सेती महतले गाउँपालिकामा आफ्नो कुनै मुल्याङ्कन नभएका बताएकी छिन् । गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल र कार्यकारी अधिकृत कुमानसिंह गुरुङले एक लौटी रुपमा निर्णय गर्ने, निर्णय लुकाउने र आफ्नो कुनै पनि कदर नगर्ने, जानकारी नदिने गरेको उनको गम्भीर आरोप छ ।
गाउँपालिकामा के हुन्छन्, के गरिदैछ त्यसको बारेमा मलाई कुनै जानकारी हुदैन । महिला हो यसले केहि गर्न सक्दिन भन्ने अध्यक्ष र कार्यकारीलाई भ्रम छ । तर आफ्नो अधिकार खोजिरहेको छु उनले सहारापार्टीलाई भनिन् ।
राज्यले महिलाहरुलाई अधिकारसम्म गराएको छ । कानूनले पनि महिलाहरुलाइ अधिकार दिएको छ । गाउँपालिकाको उपाध्यक्षको हैसियतले गाउँपालिकामा हुने हरेक कुराको जानकारी पाउने हक मसँग छ तर अध्यक्ष र कार्यकारीले लुकाउँछन् उनले भनिन् ।
उहाँहरु के गर्नुहुन्छ के गर्नुहुन्छ त्यसको बारेमा केहि जानकारी छैन । अनुगमन समितिको जिम्मेवारी ममा छ तर मैले आफ्नो अधिकार प्रयोग गर्न पाएको छैन । मेरो अधिकारलाई कुण्ठित पार्न खोजिएको छ । उनले सहारापार्टीसँग भनिन् ।
अझै पनि उहाँहरु पृतिसत्तात्मक सोच र चिन्ततन बाट टाढा हुन सक्नु भएको छैन । महिला हो यसले केहि गर्न सक्दैन भन्ने सोच उहाँहरुमा छ ।