“अहिलेसम्म सडकबाट, लड्यौं अब संसदबाट जनता र देशका पक्षमा लड्छौं : हेमराज थापा,

काठमाडौं : सामाजिक अभियान्ताको रुपमा परिचित हेमराज थापा स्वतन्त्र उम्मेदवारको रुपमा संघीय चुनावमा लडने भएका छन्। केही वर्षदेखि बिभिन्न मुद्दा लिएर माईतिघरदेखि बालुवाटारसम्म आन्दोलन गर्दै आएका थापाले संसदबाट जनता र देशका पक्षमा लड्ने घोषण गरेका हुन्।,

“उनले आफ्नो फेसबुक पेजमार्फत लेखेका छन् ‘अहिलेसम्म सडकबाट लड्यौँ, सडकमा बोल्यौँ,अब संसदबाट जनता र देशका पक्षमा लड्ने छौं।’ समाजका विभिन्न विषय वस्तु लिएर आन्दाेलनमा हाेमिदै आएका उनी अब भने संघीय चुनावमा गएर जनताकाे पक्षमा लड्ने बताएका छन्।”

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने”राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरिसकेका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौंको थापागाउँ स्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन जानकारी दिईसकेका छन् । आफूलाई समर्थकहरूबाट काठमाडौं २ र वा चितवन ३ बाट चुनाव लड्न सुझाव आएको तर आफूले जन्मभूमि जुम्लालाई रोजेको शाही बताउँछन् ।

“उनी जुम्लाको सिंजा गाउँपालिका वडानम्बर ३ निवासी हुन् । शाहीकै अनुसार पनि जुम्लामा राप्रपा निकै कमजोर छ । गत स्थानीय तहको मतपरिणाम अनुसार राप्रपाले करिब ४५० मतमात्रै ल्याएको उनी बताउँछन् । शाहीको वडामा राप्रपाले १६ मत ल्याएको छ ।यस्तो कमजोर स्थानमा पनि किन चुनाव लड्न लागेको भन्ने प्रश्नमा शाही भन्छन्, ‘जुम्ला मेरो जनमभूमि हो । त्यसको ऋण तिर्नु छ । जुम्लाका सुख-दु: खसँग जीवन साट्नुछ । जुम्ली जनताले हराए पनि जिताए पनि स्वीकार्य छ । ‘

“भ्रष्टाचार र बेथिती विरुद्ध आवाज उठाउँदा उठाउँदै चर्चामा आएका शाहीले आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउँथे। एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्र गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए । अहिले पनि माओवादी बाट महत र कर्णाली प्रदेशका गृहमन्त्री भइसकेका नरेश भण्डारीको चर्चा रहेको छ ।”

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host